१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सनराइजमा खाता खोल्न झनै सजिलो, अनलाइनबाटै तुरुन्तै सनराइज स्मार्ट वचत खाता खोल्न सकिने



काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियान अगाडि बढाउदै आएको सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई फेरि सनराइज स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ ।

फरक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सन्राइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

यस सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइन मार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै Digital Transaction समेत गर्न सक्नेछन् । उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैले मुद्घती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाअन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेभसाइट  http://onlineservices.sunrisebank.com.np/account/default  मा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ ।

अनलाइनबाट खोलिएका सनराइज स्मार्ट बचत खाता शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ ।

खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।

कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सनराइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ्गमार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ ।

विस्तृत जानकारीको लागी Toll Free no. 1660 0122 444 सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ४ : ५१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्