२२ माघ २०८२, बिहिबार | February 5, 2026

सनराइजमा खाता खोल्न झनै सजिलो, अनलाइनबाटै तुरुन्तै सनराइज स्मार्ट वचत खाता खोल्न सकिने



काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियान अगाडि बढाउदै आएको सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई फेरि सनराइज स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ ।

फरक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सन्राइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

यस सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइन मार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै Digital Transaction समेत गर्न सक्नेछन् । उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैले मुद्घती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाअन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेभसाइट  http://onlineservices.sunrisebank.com.np/account/default  मा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ ।

अनलाइनबाट खोलिएका सनराइज स्मार्ट बचत खाता शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ ।

खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।

कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सनराइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ्गमार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ ।

विस्तृत जानकारीको लागी Toll Free no. 1660 0122 444 सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ४ : ५१ बजे

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न