८ बैशाख २०८१, शनिबार | April 20, 2024

ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा सीमा लगायतका विवाद टुङग्याउन भारतसंग नेपालीपक्षको दरो अडान



काठमाडौं । नेपालले नेपाल भ्रमणमा रहेको भारतिय बिदेश सचिव हर्षवर्धन श्रृङगला मार्फत वार्ता र सम्वादमार्फत सीमा विवाद छिटो टुंग्याउन चाहेको सन्देश भारत सरकारलाई पठाएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासंग भएको प्राय सबैजसो भेटमा नेपालले ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा सिमा लगायतका विवाद सुल्झाउन आवश्यक रहेको प्रस्ताव नेपालको तर्फबाट राखिएको बताईएको छ ।

आज (बिहीबार) काठमाडौं आएलगत्तै भारतिय विदेश सचिव श्रृङ्गलाले नेपाली समकक्षी भरतराज पौड्यालसँग द्वीपक्षीय वार्ता गरेका थिए । परराष्टि सचिव स्तरिय वार्ता सकिएलगत्तै उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत शिष्टाचार भेटवार्ता गरे ।

नेपालले यस अघि नै लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन समेत गरिसकेको छ । ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा उल्लेखित भूमि आफ्नो भएको नेपालले लगातार दाबी गर्दै आएको छ ।

भारतीय विदेश सचिवसँग भएको औपचारिक वार्ता र शिष्टचार भेटहरुमा पनि नेपाली पक्षले ऐतिहासिक दस्ताबेज र प्रमाणहरुका आधारमा सीमा विवाद छिटो हल गर्नुपर्ने मत राखेको बताईएको छ ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री ज्ञवालीले श्रृङ्गलासँग इतिहासले अधुरा छोडेका मुद्धाहरुलाई छिटो टुंग्याएर एउटा विश्वासको जग बनाएर अगाडि बढ्न आवश्यक रहेको बताएको परराष्ट्र श्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको श्रृङ्गलासँगको भेटमा पनि प्रधानमन्त्री ओलीले सीमा लगायतका दुईपक्षीय विषयहरु वार्ताको माध्यमबाटै समाधान गर्न सकिने धारणा राखेका थिए ।

भेटका अवसरका भेट भएका सबैसँग भारतीय विदेश सचिव श्रृंगलाले दुई देशबीच केही समस्या रहेको स्विकार गर्दै समस्याकै कारण समग्र दुईपक्षीय सम्बन्धलाई बन्धक बनाउन नहुने धारणा राखेका थिए । ‘हाम्रो विचमा गहिरो मित्रता छ, केही विषयले त्यो सम्बन्धलाई बन्धक बनाउनु हुन्न ।’ उनले भने ।

श्रृङ्गलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेका थिए । भेटका अवसरका राष्ट्रपति भण्डारीले देशको विवादित विषयबारे भारतिय बिदेश सचिवसँग जिज्ञासा राखेका थिईन्।

 

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १० : ५१ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन