१४ असार २०८३, आइतबार | June 28, 2026

ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा सीमा लगायतका विवाद टुङग्याउन भारतसंग नेपालीपक्षको दरो अडान



काठमाडौं । नेपालले नेपाल भ्रमणमा रहेको भारतिय बिदेश सचिव हर्षवर्धन श्रृङगला मार्फत वार्ता र सम्वादमार्फत सीमा विवाद छिटो टुंग्याउन चाहेको सन्देश भारत सरकारलाई पठाएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासंग भएको प्राय सबैजसो भेटमा नेपालले ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा सिमा लगायतका विवाद सुल्झाउन आवश्यक रहेको प्रस्ताव नेपालको तर्फबाट राखिएको बताईएको छ ।

आज (बिहीबार) काठमाडौं आएलगत्तै भारतिय विदेश सचिव श्रृङ्गलाले नेपाली समकक्षी भरतराज पौड्यालसँग द्वीपक्षीय वार्ता गरेका थिए । परराष्टि सचिव स्तरिय वार्ता सकिएलगत्तै उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत शिष्टाचार भेटवार्ता गरे ।

नेपालले यस अघि नै लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन समेत गरिसकेको छ । ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा उल्लेखित भूमि आफ्नो भएको नेपालले लगातार दाबी गर्दै आएको छ ।

भारतीय विदेश सचिवसँग भएको औपचारिक वार्ता र शिष्टचार भेटहरुमा पनि नेपाली पक्षले ऐतिहासिक दस्ताबेज र प्रमाणहरुका आधारमा सीमा विवाद छिटो हल गर्नुपर्ने मत राखेको बताईएको छ ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री ज्ञवालीले श्रृङ्गलासँग इतिहासले अधुरा छोडेका मुद्धाहरुलाई छिटो टुंग्याएर एउटा विश्वासको जग बनाएर अगाडि बढ्न आवश्यक रहेको बताएको परराष्ट्र श्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको श्रृङ्गलासँगको भेटमा पनि प्रधानमन्त्री ओलीले सीमा लगायतका दुईपक्षीय विषयहरु वार्ताको माध्यमबाटै समाधान गर्न सकिने धारणा राखेका थिए ।

भेटका अवसरका भेट भएका सबैसँग भारतीय विदेश सचिव श्रृंगलाले दुई देशबीच केही समस्या रहेको स्विकार गर्दै समस्याकै कारण समग्र दुईपक्षीय सम्बन्धलाई बन्धक बनाउन नहुने धारणा राखेका थिए । ‘हाम्रो विचमा गहिरो मित्रता छ, केही विषयले त्यो सम्बन्धलाई बन्धक बनाउनु हुन्न ।’ उनले भने ।

श्रृङ्गलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेका थिए । भेटका अवसरका राष्ट्रपति भण्डारीले देशको विवादित विषयबारे भारतिय बिदेश सचिवसँग जिज्ञासा राखेका थिईन्।

 

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १० : ५१ बजे

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा