१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कोरोना संक्रमणको अवधि लम्बिँदै



काठमाडौं । पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म संक्रमणको पीडामा छन । उनले ३८औँ दिनमा परीक्षण गर्दा पनि संक्रमण देखिएको छ ।

लामालाई सुरुका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउने सम्मका सबै लक्षण देखिए । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार केशवराज विष्टलाई सङ्क्रमण मुक्त हुन ३५ दिन लाग्यो । ३५ दिनसम्म उनी घरमै एकान्तवास बसे । पत्रकार विष्टले ज्वरो आउने, स्वाद थाहा नपाउने जस्ता लक्षण एक हप्तासम्म रह्यो तर पूर्ण रूपमा सङ्क्रमण मुक्त नभईकन नियमित काममा निस्कन सकिएन भने ।

यी त कोरोना सङ्क्रमणबाट लामो समयसम्म एकान्तवासमा रहेका प्रतिनिधि पात्र हुन् । नेतादेखि अभिनेतासम्म, नागरिकदेखि उच्च पदस्थ अधिकारी पनि लामो समयसम्म कोरोना सङ्क्रमण मुक्त हुन सकेका छैनन् ।

चिकित्सकले लक्षण छन् भने पनि १४ दिनपछि निर्धक्क रूपमा नियमित काममा निस्कँदा कुनै असर नगर्ने बताउँछन् । पत्रकार विष्ट लगायत उनकी श्रीमती र दुई छोरीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । समाजमा भने अझै कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको उल्लेख गर्दै विष्टले आफू सङ्क्रमित भएको सामाजिक सञ्जालमा राख्दा आफन्तबाटै उक्त पोस्ट हटाउन दबाब आएको सुनाए ।

चिकित्सकले नियमित काममा निस्कन मिल्ने भनेपछि सङ्क्रमित भन्ने बित्तिकै मानिसले छुट्टै दृष्टिकोणले हेर्छन् भन्ने डर रहेको छ । कतिपयमा लामो समयसम्म हल्का खोकी देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी कोरोना सङ्क्रमण भएको १४ दिनपछि नियमित काममा आउन थालेका छन् ।

१४ दिनपछि पनि ती स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको थियो । सङ्क्रमण भइरहँदा पनि स्वास्थ्य सेवामा फर्कनुको कारण स्वास्थ्यकर्मीमा भएको भाइरस अन्य व्यक्तिमा नसर्ने भएकाले हो । उक्त समाचार आजको गोखरापत्रमा छापिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : ५० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम