५ पुस २०८२, शनिबार | December 20, 2025

रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु



रुकुम पश्चिम । रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन ।

प्रहरीका अनुसार जिल्लाको आठबीसकोट नगरपालिका-७ को पोखरामा रा. १ ज. ५८९ नम्बरको जिप गएराति साढे ८ बजे दुर्घटना भएको हो ।

आठबीसकोट-२०, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट-८ दाँजे तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा आठबीसकोट-८ का ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका-७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको हो ।

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : १३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता