७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर वेई फेङही आइतबार नेपाल आउँदै



काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर वेई फेङहीले भोलि आइतबार नेपाल भ्रमण गर्नेभएका छन् ।

परराष्ट्रमन्त्रालयले रक्षामन्त्री वेईको एक दिने नेपाल भ्रमणको औपचारिक जानकारी दिएको छ । भ्रमणका क्रममा वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नेछन् ।

उनले उपप्रधानमन्त्री एवं पूर्व रक्षामन्त्री इश्वर पोखरेललाई पनि भेट गर्नेछन् । पोखरेलले नै गतवर्ष वेईलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । यसैगरी चिनियाँ रक्षमन्त्री वेईले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् ।

रक्षामन्त्री वेईले नेपाल र चीनबीचको सम्बन्धका आयाम एवं नेपाली सेना र चिनियाँ सेनाबीचको रक्षासहकार्यलाई अघि बढाउने विषयमा छलफल गर्ने बुझिएको छ । वेई नेपालबाट आइतबार नै फर्किनेछन् ।

नेपालमा पछिल्लो केही समययता भारतीय उच्चअधिकारीहरुको निरन्तर भ्रमण भैरहेको सिलसिलामा चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

भारतले नेपालमा चिनियाँ प्रभाव बढेको निस्कर्ष निकाल्दै त्यसलाई रोक्नका लागि विगतको तिक्कतालाई कम गर्दै सम्बन्ध सुधार्न प्रयत्न गरिरहेको छ । शुक्रबार मात्रै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले दुई दिने नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।

श्रृंगला फर्किएको दुई दिनभित्रै चिनियाँ उच्चअधिकारीको नेपालमा आगमन हुन लागेको हो ।

 

 

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ५८ बजे

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै

आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम