६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर वेई फेङही आइतबार नेपाल आउँदै



काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर वेई फेङहीले भोलि आइतबार नेपाल भ्रमण गर्नेभएका छन् ।

परराष्ट्रमन्त्रालयले रक्षामन्त्री वेईको एक दिने नेपाल भ्रमणको औपचारिक जानकारी दिएको छ । भ्रमणका क्रममा वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नेछन् ।

उनले उपप्रधानमन्त्री एवं पूर्व रक्षामन्त्री इश्वर पोखरेललाई पनि भेट गर्नेछन् । पोखरेलले नै गतवर्ष वेईलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । यसैगरी चिनियाँ रक्षमन्त्री वेईले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् ।

रक्षामन्त्री वेईले नेपाल र चीनबीचको सम्बन्धका आयाम एवं नेपाली सेना र चिनियाँ सेनाबीचको रक्षासहकार्यलाई अघि बढाउने विषयमा छलफल गर्ने बुझिएको छ । वेई नेपालबाट आइतबार नै फर्किनेछन् ।

नेपालमा पछिल्लो केही समययता भारतीय उच्चअधिकारीहरुको निरन्तर भ्रमण भैरहेको सिलसिलामा चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

भारतले नेपालमा चिनियाँ प्रभाव बढेको निस्कर्ष निकाल्दै त्यसलाई रोक्नका लागि विगतको तिक्कतालाई कम गर्दै सम्बन्ध सुधार्न प्रयत्न गरिरहेको छ । शुक्रबार मात्रै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले दुई दिने नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।

श्रृंगला फर्किएको दुई दिनभित्रै चिनियाँ उच्चअधिकारीको नेपालमा आगमन हुन लागेको हो ।

 

 

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ५८ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस