गोरखा । कोरोना संक्रमणबाट गोखरामा एक जना वृद्धाको मृत्यु भएको छ ।
गोखरा नगरपालिका वडा नं. ६ की ७५ वर्षीया वृद्धा महिलको शुक्रबार राति साढे ८ बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि यही मंसिर ८ गते जिल्ला अस्पताल भर्ना भएकी ती महिलालाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालको आईसीयूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी अस्पतालमा आउँदा नै निमोनिया र कमजोरीले थलिएकी थिइन ।
प्रतिक्रिया