१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पुनःनिर्माणका सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुने



काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनारका सुझाव अभिलेख राख्न सहयोगी हुने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई दिने वेविनारका क्रममा प्राप्त सुझाव तथा टिप्पणीले प्राधिकरणले तयार पार्न लागेको संस्थागत पत्र (कम्पेडियम) लाई पूर्णता दिन मद्दत मिलेको बताए । उनले पुनर्निर्माणका अनुभव र सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुनेमा जोड दिए ।

प्राधिकरणले तयार गर्न लागेको आफ्नो संस्थागत पत्र (कम्पेण्डियम) को तयारीका सिलसिलामा तयार प्रारम्भिक खाकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, मुख्य सरोकारवाला तथा अभ्यासकर्ताबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको थियो । प्राधिकरणले आयोजना गर्ने नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नेगरी छ वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ ।

शनिबार क्रमशः जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी तीनवटा विषयमा कार्यपत्र प्रस्तुत भएका छन् । पहिलो सत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा प्राधिकरण, विभिन्न सरकारी तथा गैरसकारी निकायबाट भएका पहलबारे प्राधिकरणका कार्यकारी समिति सदस्य डा. विष्णु भण्डारीले कार्यपत्र प्रस्तुत गरे ।

भण्डारीले कार्यपत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा १० वटा मन्त्रालय र ४७ वटा साझेदार संस्थाको सहयोगमा करिब चार लाख ६० हजार घरधुरीमा पुगिएको उल्लेख गरे । भण्डारीको पत्रमाथि विश्व बैंकका ज्यास्मिन राजभण्डारी र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का विजय सिंहले टिप्पणी गरेका थिए ।

दोस्रो सत्रमा भूकम्पलगत्तै भएको उद्धार तथा राहतका बारेमा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पाखरेलले एक प्रस्तुतीकरण दिए । पोखरेलको कार्यपत्रमाथि युएनडिपीका रामराज नरसिम्हा र नेपाल रेडक्रस सोसाइटीका विपुल न्यौपानेले टिप्पणी गरेका थिए । तेस्रो सत्रमा पुनर्निर्माणका लागि भएको सुशासन एवं संस्थागत प्रबन्धमाथि गहन छलफल भएको थियो ।

प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै प्राधिकरणजस्ता विशेष उद्देश्यका संस्थाले तुलनात्मक प्रभावकारी नतिजा दिनसक्ने देखिएको उल्लेख गरे । प्रस्तुतिमाथि पूर्व मुख्यसचिव लीलामणि पौड्याल, युरोपेली युनियनका मार्को जेमरले टिप्पणी गर्दै सुझाव दिए । पूर्व मुख्यसचिव पौड्यालले प्राधिकरण निर्माणको बहस हुँदा आफूले अर्थ र सूचनाको कोष रहने र सबै विषयमा निर्णय गर्नसक्ने विशेष संस्था आवश्यक भएकोमा जोड दिएको स्मरण गरे ।

कार्यक्रमको अन्तिम सत्रमा प्राधिकरणको पहलमा अध्ययन गरिन लागिएको पुनर्निर्माणको आर्थिक, सामाजिक प्रभावको ढाँचा अध्ययनको नेतृत्व गरिरहेका प्रा डा गोविन्द नेपाल, डा विश्व पौडेल र डा रुद्र सुवालले अध्ययनको प्रगति अवस्था तथा अनुसन्धानमा अपनाइने प्रणालीबारे प्रस्तुतीकरण गरेका थिए ।

तीनै जनाको प्रस्तुतिमाथि विश्व बैंकका कामरान अकवर, पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ नाइजल फिसर एवं अर्थशास्त्री विशाल थापाले टिप्पणी गरेका थिए । वेविनारको पहिलो दिन निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक भवन एवं पूर्वाधार पुनर्निर्माणमाथि सातवटा कार्यपत्र प्रस्तुत भएका थिए । ती कार्यपत्रमाथि ११ जना टिप्पणीकर्ताले सुझाव प्रदान तथा पृष्ठपोषण दिए ।

वेविनारमा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, पुनर्निर्माण र पुनःस्थापनाका अभ्यासकर्ता तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो । रासस

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ८ : ०८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान