२० माघ २०८२, मंगलबार | February 3, 2026

काठमाडौं आइपुगे चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ फेङहे



काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर वेइ फेङ्हे नेपाल आइपुगेका छन् ।

रक्षामन्त्री वेइ केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

एक दिने नेपाल भ्रमणमा आएका रक्षामन्त्री वेइले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन् ।

वेइले सुरुमा चिनियाँ राजदूतावासमा आयोजना हुने कार्यक्रममा सहभागी भएपछि रक्षामन्त्री वेइ करिब २ बजे उनी सैनिक मुख्यालय जंगी अड्डामा पुग्ने कार्यक्रम रहेको छ । उनलाई नेपाली सेनाले सेनाले ‘गार्ड अफ अनर’ले सम्मान गर्नेछ ।

जंगी अड्डामै वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् ।

प्रधानमन्त्री ओलीसँग दुईपक्षीय भेटवार्ता सकिएपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटगर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिसँग भेटसकिएपछि उनी बंगलादेश प्रस्थानका लागि त्रिभुवन विमानस्थल जानेछन् ।

वेइले नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्धलाई थप मजबुतीबारे उच्च राजनीतिक भेटवार्ताका क्रममा नेपालको धारणाबारे बुझ्नेछन् ।

कोरोना भाइरसपछि रोकिएको सबैखाले दुईपक्षीय सहयोग संयन्त्रलाई अघि बढाउन रक्षामन्त्री वेइको भ्रमणले सहयोग पुग्ने विश्लेषण नेपाली र चिनियाँ अधिकारीहरुले गरेका छन् ।

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १० : ५३ बजे

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज