६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वतन्त्रताको पूर्ण सम्मान : चिनियाँ रक्षामन्त्री वेइ



काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर  एवं रक्षामन्त्री वेइ फेङहे एक दिने नेपाल भ्रण पुरा गरेर आइबार साँझ फर्किए । रक्षामन्त्री वेईको नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरे ।

नेपाल पक्षबाट भ्रमणबारे त्यति प्रष्ट जानकारी नदिइए पनि चिनियाँ पक्षबाट भने भ्रमणबारे जानकारी प्रकाशित गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी निकट ग्लोबल टाइम्स पत्रिकाका अनुसार भेटका क्रममा दुवै देश द्विपक्षीय सम्बन्ध एवं रक्षा सहकार्यलाई मजबुद बनाउन सहमत भएका छन् ।

ग्लोबल टाइम्सको अनलाइन संस्करणले सोमबार बिहान अपडेट गरेको समाचार अनुसार राष्ट्रपति भण्डारीले कोभिड १९ को प्रकोप नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताका लागि बधाई दिएकी छिन् । राष्टपति भण्डारीले नेपालको आर्थिक विकास एवं सामाजिक स्थिरताका लागि चीनको दृढ समर्थनको सराहना पनि गरेकी छिन् । भण्डारीले नेपाल बेल्ट और रोड इनिशिएटिभ बीआरआईमा सक्रिय रुपमा भाग लिएको बताउँदै रक्षासहित सबै क्षेत्रमा द्विपक्षीय सहयोगलाई मजबुद बनाउन चीनको साथ मिलेर काम गर्न तयार रहेको बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

राष्ट्रपति कार्यालयले आइबार साँझै विज्ञप्ति प्रकाशित गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वतन्त्रताको सम्मान गर्दै आएकोमा राष्ट्रपति भण्डारीले चीनको सराहना गरेको जनाएको थियो । त्यसअवसरमा राष्ट्रपति भण्डारीले वेइको भ्रमण नेपाल र चीनबीच सदियौंदेखि रहँदै आएको प्रगाढ सम्बन्ध थप सदुृढिकरण गर्न कोशेढुंगा बन्ने विश्वास व्यक्त गरेकी थिइन ।

यसैगरी ग्लोबल टाइम्सका अनुसार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले वेइको भ्रमणपछि दुई देशबीचको सैन्य सहयोगलाई अझ मजबुद बन्ने विश्वास व्यक्त गरेका छन् । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष अघि कुटनीतिक सम्बन्ध स्थापित भएपछि मैत्रिपूर्ण सहयोग झन गहिरो बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो सम्बन्धलाई अझ मजबुद बनाउने बताएका छन् ।

चिनियाँ रक्षामन्त्री वेइले चीन र नेपालबीचको सम्बन्ध रणनीतिक साझेदारीका लागि विकासित भएको बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । वेइले नेपालले एक चीन नीतिप्रति लिएको समर्थनको प्रशंसा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता एवं क्षेत्रीय अखण्डताको रक्षाको सवालमा नेपाललाई चीनको दृढ समर्थन रहने प्रतिवद्धता जनाएका थिए ।

चीनले क्षेत्रीय शान्ति एवं स्थिरताका लागि अधिक योगदान दिन र दुवै मुलुकको हितमा लाग्न र नेपाली सेनालाई निरन्तर सहयाता एवं समर्थन गर्दै नेपालसँग अझ बढी घनिष्ट सम्बन्ध राख्न व्यहारिक सहयोगलाई थप मजबुद बनाउने समेत उनले बताएको ग्लोबल टाइम्ले ले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : ०८ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस