१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

घरसँगै साह परिवारको छोराछोरीलाई पढाउने सपना खरानी



सप्तरी । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका-४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ ।

क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको परिवार बिहीबार भएको आगलागीमा नगदसहित घर जलेपछि चिन्तामा डुबेको छ ।

दिउँसो धान काट्न सपरिवार खेत गएका बेला अचानक भएको आगलागीमा छोराछोरीको उच्च शिक्षाका लागि साहुमहाजनसँग ऋण लिएर जोहो गरेको नगद रु एक लाख ७५ हजार, सुनचाँदीका गरगहना तथा अन्नपातलगायतका सबै सामान जलेर नष्ट भएपछि यतिबेला बिजोगमा परेको स्थानीय ओमप्रकाश मण्डल बताउँछन् ।

क्याम्पस सञ्चालन भएपछि छोरीको क्याम्पस भर्ना र छोराको शुल्क तिर्न साह परिवारले नगद जम्मा गरेको थियो । मण्डलका अनुसार आनन्द साह शुक्रबार लहान गएर क्याम्पसमा छोरीको भर्ना र चितवनमा अध्ययनरत छोराका लागि शुल्क तिर्ने योजनामा थिए ।

अचानक घरमा आगलागी हुँदा घरको सबै सामान जलेर खरानी भएपछि साह ठूलो सङ्कटमा पर्नुभएको मण्डलले बताए । पीडित साह भन्छन्, “आगलागीमा न त टाउको लुकाउने छानो रह्यो न त एक सुको पैसा नै, अब कसरी छोराछोरीलाई पढाउने भन्ने ठूलो चिन्ता छ ।”

क्याम्पसमा पढाइ शुरु भएका बेला एक्कासि भएको आगलागीले घरबारविहीन बनाइएपछि छोराछोरीलाई क्याम्पसमा कसरी भर्ना गर्ने भन्ने चिन्ता थपिएको छ साहलाई । आगो कसरी लाग्यो भन्ने पत्ता लागेको छैन । घर र गोठमा आगो लागेर खरानी भएको छ ।

आगो लागेपछि स्थानीय र प्रहरीले आगो निभाएर फैलिन नदिए पनि उनको घर भने खरानी भएको छ । छोराछोरीलाई उच्च शिक्षा दिलाउने धोको घरसँगै खरानी भएको साहले बताए । पीडित परिवारको वेदना सुनेर छिमेकीले तत्कालका लागि खाने व्यवस्था गरेका छन् । रासस

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ४६ बजे

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न

नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

काठमाडौं । नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागू हुने

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई