६ बैशाख २०८१, बिहिबार | April 19, 2024

घरसँगै साह परिवारको छोराछोरीलाई पढाउने सपना खरानी



सप्तरी । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका-४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ ।

क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको परिवार बिहीबार भएको आगलागीमा नगदसहित घर जलेपछि चिन्तामा डुबेको छ ।

दिउँसो धान काट्न सपरिवार खेत गएका बेला अचानक भएको आगलागीमा छोराछोरीको उच्च शिक्षाका लागि साहुमहाजनसँग ऋण लिएर जोहो गरेको नगद रु एक लाख ७५ हजार, सुनचाँदीका गरगहना तथा अन्नपातलगायतका सबै सामान जलेर नष्ट भएपछि यतिबेला बिजोगमा परेको स्थानीय ओमप्रकाश मण्डल बताउँछन् ।

क्याम्पस सञ्चालन भएपछि छोरीको क्याम्पस भर्ना र छोराको शुल्क तिर्न साह परिवारले नगद जम्मा गरेको थियो । मण्डलका अनुसार आनन्द साह शुक्रबार लहान गएर क्याम्पसमा छोरीको भर्ना र चितवनमा अध्ययनरत छोराका लागि शुल्क तिर्ने योजनामा थिए ।

अचानक घरमा आगलागी हुँदा घरको सबै सामान जलेर खरानी भएपछि साह ठूलो सङ्कटमा पर्नुभएको मण्डलले बताए । पीडित साह भन्छन्, “आगलागीमा न त टाउको लुकाउने छानो रह्यो न त एक सुको पैसा नै, अब कसरी छोराछोरीलाई पढाउने भन्ने ठूलो चिन्ता छ ।”

क्याम्पसमा पढाइ शुरु भएका बेला एक्कासि भएको आगलागीले घरबारविहीन बनाइएपछि छोराछोरीलाई क्याम्पसमा कसरी भर्ना गर्ने भन्ने चिन्ता थपिएको छ साहलाई । आगो कसरी लाग्यो भन्ने पत्ता लागेको छैन । घर र गोठमा आगो लागेर खरानी भएको छ ।

आगो लागेपछि स्थानीय र प्रहरीले आगो निभाएर फैलिन नदिए पनि उनको घर भने खरानी भएको छ । छोराछोरीलाई उच्च शिक्षा दिलाउने धोको घरसँगै खरानी भएको साहले बताए । पीडित परिवारको वेदना सुनेर छिमेकीले तत्कालका लागि खाने व्यवस्था गरेका छन् । रासस

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ४६ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी