४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । आज संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख ११ हजार पुगेको हो ।

विश्वभर संक्रमितको संख्या ६ करोड ५५ लाख पुगेको छ । जसमध्ये ४ करोड ५३ लाख संक्रमणमुक्त भएका छन् । एक करोड ८६ लाख सक्रिय संक्रमित छन् ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा २ लाख ८२ हजारको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ एक करोड ४५ लाख संक्रमित संख्या पुगिसकेको छ ।

भारतमा ९ लाख ५७ हजार संक्रमित मध्ये एक लाख ३९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ६४ लाख संक्रमितमध्ये एक लाख ७५ हजारको मृत्यु भएको छ । रुसमा २३ लाख संक्रमितमध्ये ४१ हजारको मृत्यु भएको छ । फ्रान्समा २२ लाख संक्रमितमध्ये ५४ हजारको मृत्यु भएको छ ।

नेपालमा २ लाख ३७ हजार ५ सय ८९ संक्रमितमध्ये १५ सय ५१ को मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : ३९ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ