२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

नेकपा सचिवालय बैठक सकियो, दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चार घन्टाभन्दा लामो सचिवालय बैठक भर्खरै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे चार घन्टाको छलफलपछि बैठक सकिएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले अध्यक्षद्वयका बैठकमा प्रस्तुत भएका प्रस्ताव स्थायी कमिटी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

सचिवालयको शनिबार बसेको बैठकले पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा अध्यक्षद्वयका प्रस्तावमा छलफल भएको र सचिवालयमा प्रस्तुत प्रस्तावलाई छलफलका लागि स्थायी कमिटी बैठकमा लैजाने निर्णय भएको जानकारी दिए ।

त्यस्तै सहमति कायम गर्नका लागि आवश्यक परेमा स्थायी कमिटीको बैठककै समयमा पनि छलफललाई निरन्तरता दिने निर्णय भएको श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ४ : ५९ बजे

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा फर्किए सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

सुक्खा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको

आज देशभर बदली, लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते