७ आश्विन २०८३, बुधबार | September 23, 2026

बर्दियाका थप एक संक्रमितको भेरी अस्पतालमा मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण सोमबार थप एक जना संक्रमितको मृत्यु भएको छ ।

संक्रमणबाट बर्दियाका ७२ वर्षीय वृद्धको मृत्यु भएको हो । यो सँगै बर्दिया कोरोना संक्रमितबाट मृत्यु हुने संख्या १५ पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यावस्थापन केन्द्र डीसीसीएमसी बाँकेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गेरुवा गाउँपालिका वडा नं.५ बर्दियाका ७२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान १:११ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

उनमा कोभिड-१९ को लक्षणका कारण मंसिर १३ गते भेरी अस्पतालमा नमूना संकलन गरिएको र मंसिर १४ गते नमूनाको परिक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएपछि १५ गते अस्पतालमा भर्ना गरीएको थियो ।

श्वास प्रश्वासमा समस्या भएका ति वृद्धलाइ कोभिड-१९ आइसोलेसन युनिटमा राखि उपचार गरीएको उनको आज बिहान १:११ बजे मृत्यु भएको अस्पताल स्रोतले पुष्टी गरेको छ ।

योसँगै बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि पुगेर मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ९ : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई