१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बर्दियाका थप एक संक्रमितको भेरी अस्पतालमा मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण सोमबार थप एक जना संक्रमितको मृत्यु भएको छ ।

संक्रमणबाट बर्दियाका ७२ वर्षीय वृद्धको मृत्यु भएको हो । यो सँगै बर्दिया कोरोना संक्रमितबाट मृत्यु हुने संख्या १५ पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यावस्थापन केन्द्र डीसीसीएमसी बाँकेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गेरुवा गाउँपालिका वडा नं.५ बर्दियाका ७२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान १:११ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

उनमा कोभिड-१९ को लक्षणका कारण मंसिर १३ गते भेरी अस्पतालमा नमूना संकलन गरिएको र मंसिर १४ गते नमूनाको परिक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएपछि १५ गते अस्पतालमा भर्ना गरीएको थियो ।

श्वास प्रश्वासमा समस्या भएका ति वृद्धलाइ कोभिड-१९ आइसोलेसन युनिटमा राखि उपचार गरीएको उनको आज बिहान १:११ बजे मृत्यु भएको अस्पताल स्रोतले पुष्टी गरेको छ ।

योसँगै बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि पुगेर मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ९ : ५२ बजे

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको

ओलीको अँगालोमा सुहाङ !

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका

कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु

बोगोटा । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका