७ चैत्र २०८२, शनिबार | March 21, 2026

बालुवाटारमा सर्वदलीय बैठक : संविधान विरोधी विरुद्ध एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह



प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बोलाइएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु रहेका छन् । संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण, गणतन्त्रका विरुद्धमा भैरहेको गतिविधि लगायत अन्य समसामयिक गतिविधिमाथि छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठकको आह्वान गरेका हुन् ।

बैठकलाई स्वाग गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका छन् ।

सत्तारुढ दल नेकपाभित्रै प्रधानमन्त्री र अन्य नेताहरुबीच चलिरहेको अन्तसंघर्षकै बीच बोलाइएको सर्वदलीय बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत सबै राजनीतिक दलका शिर्ष नेताहरु उपस्थित रहेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नयाँ नक्शा जारी गर्ने समयमा पनि सर्वदलीय बैठक बोलाएका थिए

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १२ : ११ बजे

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा