६ श्रावण २०८३, बुधबार | July 22, 2026

मानवअधिकार दिवसको उपलक्ष्यमा रक्तदान



बुटवल । विश्व मानवअधिकार दिवसको अवसर पारेर राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, रुपन्देहीले बुटवलमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मावन जिवन रक्षाको लागि अति महत्वपूर्ण कुरा रगतको कमी भएर कुनै नागरिकले ज्यान गुमाउन नपरोस भन्ने मान्यतासहित रगत संकलनमा संस्थाको पनि भूमिका रहोस भन्ने मान्यता बोकेर सो कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष राजु बञ्जाडेले बताए ।

महामारीमा मानवअधिकार स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार भन्ने नाराका साथ रक्त सञ्चार केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा ८१ युनि रगत संकलन भएको प्रतिष्ठानका सचिव कमल नेपालले जानकारी दिए । कार्यक्रममा सहभागी रक्तदाताहरुलाई कार्यक्रम संयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष मेघ बहादुर अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको समापनमा धन्यवाद दिर्दै संयोजक अधिकारीले रक्तदानमा सहभागि सबैप्रति आभार तथा रक्त संचार केन्द्रलाई धन्यवाद प्रकट गरेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ४ : ५३ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९