१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आमसञ्चारसम्बन्धी विधेयकमा सुझाव दिन सञ्चारमन्त्रीको आग्रह



काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आमसञ्चारसम्बन्धी विधेयक मन्त्रिपरिषदमा विचाचाराधीन रहेकाले त्यसमा समावेश गर्नुपर्ने सुझाव दिन नेपाल पत्रकार महासङ्घलगायत सबै सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

नेपाल सरकार, मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकार सबै श्रमजीवी पत्रकार र सञ्चारकर्मीका माग र सुझावलाई ग्रहण गर्न सकेसम्म कार्यान्वयन गर्न तयार रहेको पनि स्पष्ट गरे।

मन्त्री गुरुङले आजै सरकारले प्रेस प्रतिनिधि प्रमाणपत्र ९प्रेस पास०लाई सरलीकृत गर्न उक्त पासको आवेदन लिन र नवीकरण गराउन जिल्लास्थित सबै हुलाक कार्यालयलाई अधिकार प्रत्यायोजन गरिएको घोषणा गरेका थिए थियो । प्रेस पासका लागि पत्रकार दूरदराजबाट काठमाडौँ धाउनुपर्ने झञ्झटिलो र खर्चिलो प्रक्रियालाई अन्त्य गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीस्तरको निर्णयबाट उक्त नयाँ व्यवस्था गरिएको हो ।

उनले पहुँच हुनेले मात्रै राज्यबाट प्राप्त सुविधा सहजरुपमा पाउने र पहुँच नहुनेले पाउन गाह्रो हुने स्थिति लोकतान्त्रिक हुन नसक्ने भएकाले सबै श्रमजीवी पत्रकारलाई जहाँ रहेर पनि हुलाक कार्यालयबाट प्रेस पास नवीकरण गराउन सक्ने गरी अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको जानकारी दिए ।

अधिकार प्रत्यायोजनसँगै प्रेस पास नवीकरण जिल्ला हुलाक कार्यालयबाट हुने भएको छ भने नयाँ प्रेस पाउनका लागि पत्रकारले तिनै कार्यालयमा आवेदन दिन सक्नेछन् । त्यस्ता आवेदनलाई अनलाइन प्रक्रियाबाट सूचना तथा प्रसारण विभागले स्वीकृति दिएपछि प्रेस पास वितरण जिल्लास्तरबाटै हुनेछ । नेपाल सरकारका प्रवक्ता गुरुङले प्राप्त अधिकार र जिम्मेवारीलाई गर्वका रुपमा लिई काम गर्न जिल्ला हुलाक कार्यालयका प्रमुखलाई आग्रह गरे ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ४६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले