२६ बैशाख २०८१, बुधबार | May 9, 2024

तिनाउ मिसनको ५४ औ शाखा पाल्पाको प्रवासमा, सिटिजन बैंकसँग मर्ज हुँदै तिनाउ मिसन



बुटवल । बुटवलमा प्रधानकार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले आफ्नो ५४ औ शाखा पाल्पाको प्रवासमा बिस्तार गरेको छ । पाल्पाको प्रवासबाट सेवा प्रारम्भ गरेको बैंकको ५४ औ शाखाको बैंकका अध्यक्ष जिवन प्रसाद ओझाले उदघाटन गरेका छन् ।

पाल्पामा बिस्तार भएको शाखाले आधुनीक बैंकहरुले ग्राहकलाई दिने सम्पूर्ण सुबिधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठले जानकारी दिए । शाखा शुभारम्भका अवसरमा बैंकले आफ्नो समाजिक दायीत्व अन्तर्गत स्थानीय ९१ वर्षीय जेष्ठ नागरिक मेदानी बल्लभलाई नगद सहित सम्मान गर्नुका साथै जेहेन्दार ६ जना बिद्यार्थीलाई नगल, स्टेसनरी सामाग्री सहित छात्रबृत्ती प्रदान गरिएको थियो ।

शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ओझाले बैंकको सेवालाई ग्रामीणस्तर सम्म पु¥याउने उद्देश्यले तिनाउ मिसन बैंकले ग्रामीण क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

तानसेन नगरपालिका ७ का वडा अध्यक्ष मुक्तिराम जीसीले नयाँ शाखाको सफलताको शुभकामना ब्यक्त गरे ।

१७ अर्व ३५ करोड निक्षप पुंजी भएको बेंकले १३ अर्व ४३ करोड कर्जा लगानी गरेको छ । बैंकले १५ वटा एटीएम सहित ५४ शाखाबाट ग्राहकहरुलाई सेवा दिंदै आएको छ । तिनाउ मिसन र सिटिजन बैंक ईण्टरनेशनल बैंकका बीच मर्जको प्रक्रिया समेत अगाडी बढेको जानकारी गराउंदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले मर्जको प्रक्रिया पुरा भएपछि बैंकले क वर्गको बैंकको सेवा प्रवाह गरिने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ३५ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s