९ पुस २०८२, बुधबार | December 24, 2025

ललिता निवास जग्गा प्रकरण : अदालत उपस्थित हुनेको संख्या १०० पुग्यो



काठमाडौं । बालुवाटार स्थित ललिता निवास प्रकरणमा विशेष अदालतमा मुद्दा परेका १ सय ७५ मध्य आज सम्ममा १ सय जना अदालतमा उपस्थित भएका छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भ्रष्टाचार मुद्दामा प्रतिवादी मध्ये सोमबार तीनजना उपस्थित भएसँगै अदालत उपस्थित हुनेको संख्या १ सय पुगेको हो ।

अदालत उपस्थित नभएर फरर सूचिमा रहेका फणीन्द्रप्रसाद दाहाल, प्रेमबहादुर खापुङ र भवानी जोशी सोमबार अदालतमा उपस्थित भएका थिए । अदालतले उपस्थित भएका ३ जना मध्य दाहाल र खापुङलाई ५०–५० हजार रुपैयाँ धरौटी जम्मा गरेर छाड्ने आदेश दिएको छ भने जोशीलाई अदालतले बोलाएको बेला उपस्थित हुने गरी छाडिएको विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।

मुद्दामा जोशीलाई जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको थियो । दाहाल माथि सात करोड आठ लाख ४८ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो । उनी तत्कालीन मालपोतमा नायव सुब्बाका रूपमा कार्यरत थिए । त्यसैगरि खापुङ माथि अख्तियारले नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ माग गरेको थियो । उनी नामसारीको कारनामा हुँदा मालपोत कार्यालय डिल्लीबजारमा अधिकृत थिए ।

यस अघि आइतबार अदालतमा उपस्थित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ९ : ३२ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)