१ जेष्ठ २०८३, शुक्रबार | May 16, 2026

दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २६७ घर निर्माण हुँदै



दाङ । दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २६७ वटा घर निर्माण हुँदै छन् ।

आर्थिक रूपमा विपन्‍न र लोपोन्मुख तथा दलित जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनोट भएका २६७ घर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने भएका हुन् ।

यो कार्यक्रम अन्तर्गत रोल्पामा ११२, प्युठानमा ११० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन् ।

दाङमा गत आर्थिक वर्षमा छनोट भएका बबई गाउँपालिकामा २०, दंगिशरण गाउँपालिकामा १७, शान्तिनगर गाउँपालिकामा १३, तुलसीपुर उपमहानगरपालिकामा ५३, घोराही उपमहानगरपालिमा ५६, बंलाचुली गाउँपालिकामा ३६ लमही नगरपालिकामा २९ राप्ती गाउँपालिकामा १३, गढवा गाउँपालिकामा १५ र राजपुर गाउँपालिकामा २१ घर निर्माण सम्पन्‍न हुन लागेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इन्जिनियर शेरबहादुर केसीले बताए । उनले घर निर्माणका लागि तीन किस्ता रकमसमेत वितरण गरेको बताए ।

सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्‍न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागि प्रत्येक परिवारले चार किस्तामा तीन लाख ३५ हजार ५ सय अनुदान पाउने भएका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ४२ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ