४ चैत्र २०८२, बुधबार | March 18, 2026

गाडी भाडा नहुँदा सल्यान अस्पतालमै थन्कियो स्वाब



सल्यान । स्वास्थ्य सेवा कार्यालय सल्यानमा आर्थिक अभाव हुँदा पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ ।

सङ्कलन गरिएको स्वाब सुर्खेतसम्म पुर्याउन आर्थिक अभावका कारण पठाउन नसकिएपछि अस्पतालमै थन्किएको हो ।

कोरोना परीक्षण केन्द्र सुर्खेतसम्म सङ्कलन गरिएको स्वाब पठाउन यातायातका लागि दिनुपर्ने रकम अभाव हुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए ।

स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाले महिनाको दुईपटक स्वाब पठाउनका लागि यातायात खर्च व्यहोर्ने भए पनि उक्त खर्च पनि पर्याप्त नभएको पुनको भनाइ छ ।

“एउटा गाडीले सुर्खेतसम्म पुगेको रु सात हजार ५०० लिन्छ तर संस्थाले रु सात हजार मात्र पठाउने गर्छ । थप पैसा उपलब्ध हुन नसकेपछि एक हप्ता अगाडिदेखि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ”, पुनले भने ।

स्वाब सङ्कलन गरेर पनि पिसीआर रिपोर्ट नआउँदा स्थानीयवासी समस्यामा पर्न थालेका छन् । “स्वाब दिएको एक हप्ता भइसक्यो, होमआइसोलेसनमा छु, स्वाब दिएको लामो समय बितिसक्दा पनि रिपोर्ट नआउँदा कामकाज गर्न समस्या भयो”, पत्रकार सरिता चलाउनेले बताइन् ।

कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएर स्वाब दिएको एक हप्ता बितिसक्दा पनि रिपोर्ट नआउँदा मानसिक तनावसमेत हुन थालेको स्वाब दिएकाहरुले बताउन थालेका छन् । “कोरोना सङ्क्रमण भएको १४ दिनमा निको हुन्छ भन्ने छ तर स्वाब दिएको १४ दिनसम्म पनि रिपोर्ट नआएपछि किन परीक्षण गराउने”, स्वाब दिएका एक स्थानीयवासीले भने ।

सङ्कलन गरिएको स्वाब कहिलेसम्म पठाउने भन्ने यकिन नभएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा समेत गाडी भएको तर निकै पुरानो भएकाले समस्या भएको छ ।

कतिपय स्थानीय तहहरुसँग समन्वय गरेर स्वाब पठाउने गरे पनि सरकारले नै लक्षण देखिएमा मात्र स्वाब सङ्कलन गर्नु भनेपछि स्थानीय तहहरुले समेत स्वाब सङ्कलन गर्न छाडेका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १२ : २० बजे

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्