८ पुस २०८२, मंगलबार | December 24, 2025

नेपालमा आज ७ सय ३६ कोरोना संक्रमित थपिए, पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ७ सय ३६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ७ सय ३६ जना थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ । यीमध्ये ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ सय ४७ जनाले कोरोना संक्रमण जितेका छन् भने कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १३ जनाको निधन भएको छ । यससँगै कोरोना संक्रमणबाट देशभर अहिलेसम्म १ हजार ७ सय ४३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : १२ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना