४ चैत्र २०८२, बुधबार | March 18, 2026

राष्ट्रिय खेलकूद परिषद र कीर्तिपुर नगरपालिकाबीच सम्झौता



काठमाडौं । राष्ट्रिय खेलकूद परिषद (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल आज नगरपालिकालाई भोगचलनका लागि हस्तान्तरण गरेको छ ।

राखेपका सदस्य(सचिव रमेशकुमार सिलवाल र नगर प्रमुख रमेश महर्जनले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । राखेपले राज्यको लगानीमा निर्माण गरेको कभर्डहल नगरपालिकालाई सञ्चालन तथा व्यवस्थापन गर्न दिने, राखेपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता, प्रशिक्षण, सेमिनार गोष्ठी गर्नुपर्ने भएमा नगरपालिकालाई पूर्वजानकारी गराउनुपर्ने तथा नगरपालिकाले स्वीकृति दिनुपर्ने उक्त सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता अनुसार कभर्डहलमा प्रयोग हुने टेलिफोन, खानेपानी, सुरक्षा व्यवस्था तथा त्यसको महशुल खर्चलगायत आवश्यक मर्मतसम्भारको खर्च नगरपालिकाले व्यहोर्नुपर्नेछ । नगरपालिकाले आवश्यक तथा मागअनुसार खेलकूद प्रतियोगिता, प्रशिक्षण र खेल गतिविधि सञ्चालन गर्नसक्ने, कभर्डहल सञ्चालन तथा व्यवस्थापन गर्ने क्रममा कुनै विवाद भए आपसी सहमतिमा मिलाउने तथा विवाद मिलाउन असफल भएमा प्रचलित कानूनबमोजिम समाधान गरिने सम्झौतामा उल्लेख छ ।

वि.सं. २०७५ भदौ १ गते निर्माण शुरु गरिएको उक्त कभर्डहल ३ करोड २ लाख ३० हजारको लागतमा सम्पन्न भएको हो । वि.सं. २०७६ कात्तिक ३० गते निर्माण सम्पन्न भएको सो कभर्डहल ५०० दर्शक अटाउने क्षमताको छ। कभर्डहलमा बास्केटबल, भलिबल, टेबलटेनिस, मार्सल आर्ट्स, जुडोलगायत खेल खेल्न सकिनेछ ।

सदस्य-सचिव सिलवालले कभर्डहलले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभालाई अझ तिखार्न महत्त्वपूर्ण अवसर दिने बताउँदै नगरपालिका र नगरवासीले कभर्डहलको भरपुर सदुयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

नगर प्रमुख महर्जनले कीर्तिपुरलाई खेलकूदको केन्द्र बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । रासस

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : ५९ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी