१८ भदौ २०८३, बिहिबार | September 3, 2026

शुक्रबार विदा दिने निर्णयबाट पछि हट्यो पालिका



खजुरा । देश मै पहिलो पटक मुस्लिम विद्यार्थीलाई नमाज पढ्न सुबिधा दिन भन्दै शनिबार र आइतबारको सट्टा शुक्रबार र शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको बाँकेको खजुरा गाँउपालिका आफ्नो निर्णयबाट पछि हटेको छ । संघीय सरकारको विद्यालयहरुमा एकरुपता कायम गर्ने निर्देशन आएको भन्दै खजुरा गाँउपालिका आफ्नो निर्णयबाट पछि हटेको हो ।

संघीय सरकारले हप्तामा २ दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि मुस्लिम बालबालिकालाई नमाज पढ्न सहज बनाउन भन्दै खजुराले शुक्रबार र शनिबार बिादा दिने निर्णय गरेको थियो ।

‘नेपाल सरकारको निर्णयानुसार मिति २०८२ चैत्र २३ गते देखि लागू हुने गरी सरकारी कार्यालय सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरुमा शनिवार र आइतवार विदा दिने निर्णयमा शैक्षिक संस्था पनि उल्लेख भएकोले उक्त निर्णय देशभरका सम्पूर्ण विद्यालयमा लागू गरी सार्वजनिक विदामा एकरुपता कायम गर्न निर्देशन प्राप्त भएकोले खजुरा गाउँपालिका शिक्षा समितिको मिति २०८३ जेठ ४ गतेको निर्णयानुसार शिक्षा समितिले गरेको शुक्रबार र शनिवार सार्वजनिक विदा स्थगन गर्ने र शिक्षा समितिको निर्णयानुसार अब उप्रान्त शनिवार र आइतवार सार्वजनिक विदा कार्यान्वय गर्नको लागि यो सूचना प्रकाशित गरिएको ब्यहोरा अनुरोध छ ।’ पालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ५ : ०० बजे

भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन

जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

म्याग्दी । बेनी नगरपालिका-५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु

सम्पर्कविहीन परिवार : न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

महोत्तरी । बर्दिबास-३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन