२४ बैशाख २०८१, सोमबार | May 6, 2024

समान पारिश्रमिक माग गर्दै त्रिविका आंशिक प्राध्यापक आन्दोलित



काठमाडौं । समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् ।

वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने उनीहरुको माग छ ।

आंशिक प्राध्यापक संघका संरक्षक शशीकुमार शर्माले १५ वर्षबाट आन्दोलन जारी रहेको उल्लेख गर्दै सम्झौताहरु भएपनि कार्यान्वयन नभएको बताए । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने शर्माको भनाइ छ ।

संघका प्रवक्ता मोहन घिमिरेले देशभरीका क्याम्पसका प्राध्यापकहरुसँग सम्झौता भएपनि कार्यान्वयन नगर्ने प्रवृति देखिएकोले धर्नामा बस्नु परेको बताए ।

वार्ता टोलीका सदस्य एवं संघका महासचिव राजेन्द्र गिरीले लामो समयदेखि प्राध्यापकहरु आन्दोलनरत भएपनि समस्या समाधानका लागि त्रिविले चासो नदिएको जनाए । अहिले ९० प्रतिशत बढी कक्षाभार आंशिक शिक्षकहरुले लिनुपर्ने बाध्यता भएपनि काम अनुसारको पारिश्रमिक नभएको बताए ।

प्राध्यापक संघले विश्वविद्यालयले ल्याएको निर्देशिका खारेज गर्नुपर्ने, प्राज्ञिक उन्नयनको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरु पनि राखेको छ । प्राध्यापकहरु आजबाट त्रिवि परिसरमा धर्नामा बसेका हुन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  २ : १६ बजे

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ