५ श्रावण २०८३, मंगलबार | July 22, 2026

छ ग्राम लागुऔषधसहित एक पक्राउ



कैलाली । कैलालीमा लागुऔषधसहित एक भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुर र लम्कीबाट संयुक्त रुपमा खटीएको टोलीले टीकापुर नगरपालिका–८ खक्रौलाबाट भारतको उत्तर प्रदेश लखिमपुर खिरीका जसपाल सिंहलाई २० ग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

सिंहका साथबाट लागुऔषध नापतौल गर्ने डिजिटल तराजु एक थानसमेत बरामद गरी लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कैलालीको टीकापुर नगरपालिका–७ सोनाहा फाँटाबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोनाहा फाँटास्थित सडकखण्डमा शङ्कास्पद तवरले हिँडिरहेको अवस्थामा गौरीगङ्गा नगरपालिका–९ भैसासुरका बिवस बमलाई छ ग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

निज बमलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ८ : २७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं