१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रुपन्देहीमा लनटेनिस क्याम्प



बुटवल । रुपन्देहीमा सोमबारदेखि ५ दिने क्याम्प शुरु भएको छ । जयकार मेमोरियलको आयोजना तथा जुनियर टेनिस ईनिसेटिभ (जेटिआई नेपाल) र रुपन्देही जिल्ला लन टेनिस संघको संयुक्त सहकार्यमा रुपन्देहीमा क्याम्प संचालन गरिएको हो ।

एक कार्यक्रमका बिच नेपाल टेनिस संघको केन्द्रीय अध्यक्ष ज्योति राणाले उद्घाटन गर्दै काठमाडौं केन्द्रित लनटेनिस पछिल्लोसमय राष्ट्रब्यापी हुनु सुखद विषय भएको बताइन ।

लनटेनिसको विकास गर्न बालबालिकालाई तालिमका साथै उमेर समुहका प्रतियोगिताहरु समेत गर्दै आएको उनले बताईन । जेटिआई नेपालका लागि संयोजक कृष्णराज घलेले जेटिआई अन्तराष्ट्रिय खेलमा जाने एउटा महत्वपूर्ण खुड्किलो भएको भन्दै उनले विभिन्न अन्तराष्ट्रिय खेलमा भाग लिने अवसर समेत मिल्ने बताए ।

पुस ६ गतेदेखि १० गतेसम्म देविनगरस्थित लनटेनिस कोर्टमा जेटिआई नेपालका लागि संयोजक कृष्णराज घले र सहसंयोजक जितेन्द्र परियारले प्रशिक्षण दिने छन । लनटेनिस संघका जिल्ला अध्यक्ष सन्जय प्रकाश श्रेष्ठले जुनियर खेलाडीहरुलाई प्रोत्साहन दिने उदेश्यका साथ संस्थाहरु एकतावद्घ भई लागेको बताए ।

जयकार मेरोरियलका अध्यक्ष मनोज राणा, नेपाल ओलम्पिक कमिटिका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी, जिल्ला सचिव गोपाल ज्ञवालीले नेपालमा ग्रास रुट लेभलबाट खेलाडी विकास गर्नुपर्ने भएपनि यसतर्फ सरोकारवाला संस्थाहरुको चासो कम देखिएको बताए । बुटवलमा हाल २५ जना बालबालिका लनटेनिस खेल्दै आएका छन ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : २३ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।