८ चैत्र २०८२, आइतबार | March 22, 2026

सरकारको असंवैधानिक कदम विरुद्ध काँग्रेसले सशक्त प्रतिरोध गर्छ : सभापति देउवा



काठमाडौं । नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिभा भंग गर्नु असंवैधानिक भएको बताएका छन् ।

काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले असंवैधानिक कदम विरुद्ध काँग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताए ।

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै असंवैधानिक कदमविरूद्ध प्रतिरोध गर्नुपर्ने धारणा राखे । काँग्रेस जिम्मेवार भएर अघि बढ्ने बताउँदै देउवाले राष्ट्र संकटमा परेको बेलामा अभिभावकीय भूमिका खेल्ने बताए ।

बैठकलाई सम्बोधन गर्दै नेता रामचन्द्र पौडेलले ओली सरकारको कदमलाई कुनै पनि बहानामा स्वीकार गर्न नहुने जिकिर गरे । पौडेलले पार्टीका कोही पनि नेता अहिले सत्ताको लोभमा पर्न नहुने बताए ।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले बैठक जारी रहेको जानकारी दिए । केन्द्रीय सदस्यहरूले बोल्‍ने क्रम सकिएपछि काँग्रेसले उपयुक्त निर्णय लिने उनले बताए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : १६ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड