२२ मंसिर २०८२, सोमबार | December 8, 2025

सात प्रदेशमा तोकिए ओली पक्षका कमाण्डर, टोपबहादुर जनसंगठन संयोजक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ र २ मा सत्यनारायण मण्डललाई तोकेको छ ।

यसैगरी वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौं उपत्यकामा कृष्णगोपाल श्रेष्ठ तोकिएका छन् भने गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङलाई नै निरन्तरता दिइएको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल तोकिएका छन् भने कर्णाली प्रदेशमा मणि थापा लाई तोकिएको छ ।

सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई प्रदे संयोजकको जिम्मेवारी दिइएको छ ।

बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी टोपबहादुर रायमाझीलाई दिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ५ : २५ बजे

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द