२० बैशाख २०८३, आइतबार | May 3, 2026

ओलीको प्राथमिकतामा तत्कालीन माओवादी केन्द्रका नेता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं पटक मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन् । विवादका कारण सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई भागमा विभाजित बनेपछि उनले शुक्रबार नौ मन्त्री थप गर्दै सातजनाको जिम्मेवारी हेरफेर गरेका हुन् ।

प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड छन् ।

राजनीतिक रूपमा नेकपा दुई पार्टीमा विभाजन भएपछि प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष आ-आफ्नो शक्तिसञ्चयमा जुटेका बेला तत्कालीन माओवादी केन्द्रका केही नेतालाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका ओलीले शुक्रबार टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी, गणेश ठगुन्ना, मणि थापा, दावा लामा, प्रेम आले, जुली महतो र विमला विश्वकर्मालाई मन्त्री बनाएका हुन् ।

थपिएका मन्त्रीमा रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, साह सहरी विकास, चौधरीले श्रम तथा रोजगार, ठगुन्नाले सामान्य प्रशासन तथा संघीय मामिला, थापाले खानेपानी तथा सरसफाइ, लामाले युवा तथा खेलकुद, आलेले वन तथा वातावरण र महतोले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । रायमाझी, साह, थापा, चौधरी, तामाङ र विक तत्कालीन माओवादी केन्द्रनिकटका नेता हुन्। उनीहरू पछिल्लो समय दाहालसँग असन्तुष्ट थिए ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरू हृदयेश त्रिपाठी, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फे र लीलानाथ श्रेष्ठको जिम्मेवारी हेरफेर गरेका छन् । त्रिपाठीलाई स्वास्थ्य तथा जनसंख्या, कृष्णगोपाललाई शिक्षा, विज्ञान तथा प्रविधि, ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्याललाई कृषि तथा पशुपक्षी, तुम्बाहाङ्फेलाई भूमिसुधार र लीलानाथलाई न्याय, कानुन तथा संसदीय मामिलाको जिम्मेवारी तोकिएको छ ।

नवनियुक्त मन्त्रीहरूले शुक्रबार साँझ नै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८० अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विशिष्ठ व्यक्तिहरूको उपस्थिति थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णयपछि दाहाल र नेपालनिकट सात मन्त्रीले पदबाट राजीनामा दिएका थिए । रिक्त मन्त्रालयमा दाहाल र नेपालसँग असन्तुष्ट अधिकांश नेताहरूलाई ओलीले जिम्मेवारी दिएका छन् । यसअघि प्रधानमन्त्री ओलीले २०७४ फागुन ३, फागुन १४, २०७५ जेठ १८, साउन १८, फागुन १६ गते मन्त्रिपरिषद् हेरफेर गरेका थिए । त्यस्तै २०७६ साउन १५, मंसिर ४, फागुन ५, फागुन ८, फागुन २१ र २०७७ असोज २८ गते मन्त्रिपरिषद् थपघट तथा हेरफेर गरेका थिए । मन्त्रिपरिषद् हेरफेरलगत्तै प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नै मन्त्रिपरिषद्को बैठक राखेका छन् । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : ३५ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज