३१ श्रावण २०८३, आइतबार | August 17, 2026

लुम्बिनी प्रदेश सरकार विभाजित छैन : प्रवक्ता चौधरी, फरक राजनीतिक शक्तिको गठबन्धनको सरकार बन्यो : सामाजिक विकासमन्त्री बराल



बुटवल । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशमा यतिबेला दुइएवटा राजनीतिक विचार सहितको गठबन्धन सरकार रहेको बताएका छन् । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले प्रदेश सरकारका मन्त्रीहरु मुख्यमन्त्रीकै राजनीतिक लाईनमा रहेको सार्वजानिक गरे लगत्तै खबरकुरासँग प्रतिक्रिया दिंदै मन्त्री बरालले प्रदशे सरकारमा फरक फरक राजनीतिक विचारको गठबन्धन सरकार रहेको बताएका हुन् ।

मन्त्री बरालले प्रदेश सरकारमा प्रचण्ड नेपाल पक्षको तत्काल अविश्वासको प्रस्ताव ल्याउने योजना नभएको र मुख्यमन्त्रीको पनि फरक विचारका आधारमा मन्त्री हटाउने योजना नभएकाले गठबन्धनको सरकार रहेको बताए ।

प्रदेश मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री चौधरीले मन्त्रीपरिषदमा कुनै पनि मन्त्रीहरुले मुख्यमन्त्रीसंग असहमती राख्ने विचार व्यक्त नगरेको भन्दै कुनै पनि मन्त्रीहरुले मुख्यमन्त्रीको भन्दा फरक विचार व्यक्त गरेको आफुले थाहा नपाएको बताएका थिए ।

सरकारको प्रवक्ताको दाबीको खण्डन गर्दै सामाजिक विकास मन्त्री बरालले भने – ‘हरेक दिन प्रचण्ड नेपाल पक्षको कार्यक्रममा सहभागी भएकै छु, जनतामा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको बिरोध गरेकै छु । मुख्यमन्त्रीसँग कसरी मिल्न सकिन्छ र ?’

मन्त्री बरालले आफुले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको शसक्त बिरोध गरेको जनाउँदै तर राजनीतिकरुपमा लुम्बिनी प्रदेशमा अबिश्वासको प्रस्ताव ल्याउने कुनै कार्यक्रम नरहेको स्पष्ट पारे । ‘कानुनीरुपमा प्रदेशमा संसदीयदल विभाजित भएको छैन, तर राजनीतिकरुपमा हामी संगै छैनौं ।’ उनले भने ।

प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव आउँदै गरेको हल्ला चलेपछि मुख्यमन्त्री शंकर पोखरेललेले एउटामात्र एजेण्डा राखेर आज मन्त्रीपरिषद बोलाएका थिए । प्रदेशको एउटा नगरपालिकाको भागिनी सम्बन्धको सिफारिस गर्न बसेको बैठकमा सबै मन्त्रीहरु उपस्थित भएको आधारमा प्रक्ता चौधरीले प्रदेश सरकार विभाजन नभएको दाबी गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ३० बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण