२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

लुम्बिनी प्रदेश सरकार विभाजित छैन : प्रवक्ता चौधरी, फरक राजनीतिक शक्तिको गठबन्धनको सरकार बन्यो : सामाजिक विकासमन्त्री बराल



बुटवल । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशमा यतिबेला दुइएवटा राजनीतिक विचार सहितको गठबन्धन सरकार रहेको बताएका छन् । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले प्रदेश सरकारका मन्त्रीहरु मुख्यमन्त्रीकै राजनीतिक लाईनमा रहेको सार्वजानिक गरे लगत्तै खबरकुरासँग प्रतिक्रिया दिंदै मन्त्री बरालले प्रदशे सरकारमा फरक फरक राजनीतिक विचारको गठबन्धन सरकार रहेको बताएका हुन् ।

मन्त्री बरालले प्रदेश सरकारमा प्रचण्ड नेपाल पक्षको तत्काल अविश्वासको प्रस्ताव ल्याउने योजना नभएको र मुख्यमन्त्रीको पनि फरक विचारका आधारमा मन्त्री हटाउने योजना नभएकाले गठबन्धनको सरकार रहेको बताए ।

प्रदेश मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री चौधरीले मन्त्रीपरिषदमा कुनै पनि मन्त्रीहरुले मुख्यमन्त्रीसंग असहमती राख्ने विचार व्यक्त नगरेको भन्दै कुनै पनि मन्त्रीहरुले मुख्यमन्त्रीको भन्दा फरक विचार व्यक्त गरेको आफुले थाहा नपाएको बताएका थिए ।

सरकारको प्रवक्ताको दाबीको खण्डन गर्दै सामाजिक विकास मन्त्री बरालले भने – ‘हरेक दिन प्रचण्ड नेपाल पक्षको कार्यक्रममा सहभागी भएकै छु, जनतामा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको बिरोध गरेकै छु । मुख्यमन्त्रीसँग कसरी मिल्न सकिन्छ र ?’

मन्त्री बरालले आफुले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको शसक्त बिरोध गरेको जनाउँदै तर राजनीतिकरुपमा लुम्बिनी प्रदेशमा अबिश्वासको प्रस्ताव ल्याउने कुनै कार्यक्रम नरहेको स्पष्ट पारे । ‘कानुनीरुपमा प्रदेशमा संसदीयदल विभाजित भएको छैन, तर राजनीतिकरुपमा हामी संगै छैनौं ।’ उनले भने ।

प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव आउँदै गरेको हल्ला चलेपछि मुख्यमन्त्री शंकर पोखरेललेले एउटामात्र एजेण्डा राखेर आज मन्त्रीपरिषद बोलाएका थिए । प्रदेशको एउटा नगरपालिकाको भागिनी सम्बन्धको सिफारिस गर्न बसेको बैठकमा सबै मन्त्रीहरु उपस्थित भएको आधारमा प्रक्ता चौधरीले प्रदेश सरकार विभाजन नभएको दाबी गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ३० बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक