२७ मंसिर २०८२, शनिबार | December 14, 2025

मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदलाई ओली पक्षले सोध्यो २४ घण्टे स्पष्टीकरण



विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

सो दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्ताव पेश गर्ने सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन सहितको पत्र पठाएका हुन ।

मुख्यमन्त्री राईको विरुद्ध प्रचण्ड–नेपाल पक्षीय ३७ जना सांसदहरुले आइतबार अविश्वास प्रस्ताव पेश गरेका थिए । तर, ओली पक्षले भने संसदीय दलमा छलफल नगरी पहिले नै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेकोलेले स्पष्टिकरण सोधेको जनाएको छ । सो प्रस्ताव फिर्ता सहित स्पष्टिकरण पेश गर्न पत्र पठाएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।

अहिलेसम्म औपचारिक रुपमा विभाजित नभैसकेको नेकपा संसदीय दलमा ओली पक्ष अल्पमतमा रहेको छ ।

प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सांसदहरुलाई पठाएको पत्रको व्यहोरा

प्रदेश नं १ को प्रदेश सभामा तत्कालिन नेकपा (एमाले) को संसदीय दलमा निर्बाचनको प्रक्रियाबाट दलको नेतामा माननीय शेरधन राई निर्वाचित भई तत्कालिन चुनाबी गठबन्धनमा सहभागी दल नेकपा माओबादी केन्द्रको संसदीय दलको समेत सर्मथनमा संविधान बमोजिम मुख्यमन्त्रीमा नियुक्त भई प्रदेश सरकार गठन भएको कुरा अवगतै छ । चुनाबी गठबन्धनमा रहेका दुईवटा साविक दलहरु २०७५ जेठ ३ गते एकतामा रुपान्तरित भए पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलबाट पुनः सर्बसम्मतिबाट दलको नेतामा मुख्यमन्त्री माननीय शेरधन राई चुनिनु भई प्रदेश सरकार संविधान कानुन बमोजिम कार्यसम्पादन गरिरहेको छ ।

नेकपा संसदीय दल, दलले पारित गरेको बिधान बमोजिम चल्छ र चलिरहेको कुरा सबै दलका सदस्यहरुलाई अवगत नै छ । तर आफ्नो दल र दलका नेतालाई जानकारी नदिई दलका सदस्य इन्द्र बहादुर आङ्बो प्रस्तावक र दलका सदस्य लछुमन तिवारी सर्मथक भई तपाईको समेत हस्ताक्षरमा मिति २०७७/०९/१२ गते बिहान १०ः५५ बजे आफ्नै दलका नेता र मुख्यमन्त्री विरुद्व अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गर्नु भएको कुरा जानकारीमा आएकोले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानुनी ब्यवस्था तथा पार्टीको संसदीय दलको बिधान २०७६ को भाग ६ दफा २४ को (क) (ख) (ग) (च) (छ) आकर्षित भई बिधानको दफा २६ (ग) को देहाय (१) (२) (४) र (५) बमोजिम तपाईलाई कार्बाही किन नगर्ने ? तर्सथ पत्र प्राप्त भएको २४ घण्टा भित्र उक्त अबिश्वासको प्रस्ताब फिर्ता गरी लिखित स्पष्टीकरण पेश गर्न दलका नेताको निर्देशन बमोजिम पेश गर्न निर्देश गरिएको छ । अन्यथा संविधान, राजनीतिक दल सम्बन्धी ऐन, कानुन र दलको बिधान बमोजिम कार्बाही भई जाने ब्यहोरा अवगत गराउँदछु ।

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ३३ बजे

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौँ । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते

दाङ । जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक

नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट

खजुरामा अन्तर विद्यालय मेयर रनिङ शिल्ड : नतिजा आउन सुरु

खजुरा । बाँकेको खजुरामा जारी आठौं अन्तर विद्यालय मेयर रनिङ

माछापुच्छ्रे बैंक पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएफ)मा सहभागी

काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको