१६ माघ २०८२, शुक्रबार | January 30, 2026

न्यायो सिरक पाउँदा सन्थाल परिवारमा खुशी



झापा । झापा गाउँपालिका-१ मिलनबस्तीमा सुकुम्बासी टोल छ। जहाँ सन्थाल समुदायको बसोवास रहेको छ । उनीहरुसँग पेट भर्नका लागि त भर्खर अन्न घरमा थन्क्याएका छन् तर जाडोमा ओढ्ने सिरक नहुँदा आगो तापेर रात बिताउँछन ।

यसरी नै वर्षौं बिताएका उनीहरु शुक्रबार भने निक्कै खुसी देखिन्थे । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लायन्स क्लब सुरुङ्‍गाको सहयोगमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला सुकुम्बासी बस्तीमा न्यायो सिरक लिएर पुगेका थिए । उनीहरुले गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई साक्षी राखेर क्लवले ल्याएको फाइबरका ८२ थान सिरक सन्थाल परिवारलाई वितरण गरेका छन ।

“रातभर पराल र दाउराको आगो तापेर रात बिताउँथे, आजदेखि सिरक ओढेर सुत्छु,” झापा गाउँपालिका-१ सुकुम्बासी बस्तीकी ७० वर्षीया सुका हस्दाले सिरिक पाएपछि खुसी हुँदै भनिन । हस्दाजस्तै कपडा किनेर शरीर ढाक्न नसक्ने अवस्थाका उनीहरुलाई क्लबले दिएको न्यायो ओड्ने सिरकले खुसी ल्यायो ।

उनीहरु कन्काइ नदीको किनारमा वर्षौंदेखि बसोवास गर्दै आएका छन । उनीहरुको बस्तीदेखि ५०० मिटर उत्तरमा कन्काइ नदी बगेको छ । जिल्लाकै विकट स्थानमध्ये यो वस्ती पनि रहेको गाउँपालिकाका अध्यक्ष साहले बताए । जहाँ सन्थाल समुदायको मात्र बसोवास रहेको छ ।

उनका अनुसार सुकुम्बासी बस्तीमा बसोवास गर्ने ८२ घर परिवार नै मजदुर र गाईबस्ती पालेर गुजारा चलाउँदै आएका छन । उनीहरुको प्रायः दिउँदका रातहरु वर्षामा नदीले बगाएर ल्याएको मूढा र परालको आगो तापेर बित्ने गर्छ । प्रजिअ तिम्सिना र प्रहरी प्रमुख कोइरालाले प्रहरीले समाजमा विकृति विसङ्‍गति रोक्न, शान्ति र अमनचयन कायम राख्दै विपद्मा परेकालाई समुदायसँग मिलेर सहयोग पनि गर्दै आइरहेको बताए ।

लायन्स क्लब सुरुङ्‍गाले विगतदेखि नै विपद्मा परेका र गरिब दुःखीलाई सहयोग गर्दै आएको छ । लायन्स क्लबका डिस्ट्रिक म्यानेजर लीला चिमरियाले यस वर्ष ४०० बढी परिवारलाई सहयोग गर्ने बताइन । उनले सहारा नेपाल र संस्थाकै सहयोगमा उनीहरुलाई न्यायो कपडा सहयोग गर्ने गरेको बताइन । क्लबका अध्यक्ष मनोज बस्नेतले शुक्रबार नै कनकाई नगरपालिकास्थित कोटीहोमको वृद्धाश्रामका १७ र २१ बटुकलाई समेत न्यायो कपडा वितरण गरेको बताए । रासस

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ९ : १६ बजे

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८