२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

केपीको बोली गोली जस्तै, बोले पछि बोल्यो बोल्यो, नेता यस्तो हुनु पर्छ : टोपबहादुर रायमाझी



बुटवल । नेकपा ओली पक्षीय नेता एवं सरकारका उर्जामन्त्री टोपबहादुर रायमाझीले अध्यक्ष प्रचण्डलाई पार्टी संचालनका लागि कार्यकारी अधिकार दिंदा प्रधानमन्त्रीको पदमाथि आँखा गाडेको बताएका छन् ।

नेकपा ओली पक्षीय रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै पार्टी एकिकरणको काम पुरा गर्नु भन्दा प्रधानमन्त्री बन्ने तर्फ ध्यान दिएको आरोप लगाए । मन्त्री रायमझीले आफ्नै पार्टीलाई काम गर्न नदिएर अवरोध गर्नु प्रतिगमन भएको टिप्पणी गर्दै जनताको अभिमतका लागि आफ्नै पार्टीको सरकारलाई असहयोग गर्ने संसद भंग गर्नु अग्रमन भएको दाबी गरे ।

ओली जत्तीको साहसी नेता अरु कोही नभएको उल्लेख गर्दै मन्त्री रायमाझीले भुकम्प र नाकाबन्दी एकैपटक ठेग्न सक्ने खुबी अरु कसैमा नभएको बताए । केपीको बोली गोली जस्तै। बोले पछि बोल्यो बोल्यो । नेता यस्तो हुनु पर्छ । उनले भने ।

अध्यक्ष प्रचण्डलाई ३३ वर्ष सम्म टिका लगाएर अध्यक्ष बनेको आरोप लगाउंदै रायमाझीले जनयुद्धमा बन जङ्गलमा भेटेका जस्लाई पनि टिका लगाएर केन्द्रीय सदस्य बनाईएको बताए । माओबादी भित्र सिस्टम नै थिएन । रायमाझीले भने ३० हजार सेना कहाँ गए ? त्यहाँ बसेर आशा भएन । एमालेमा त्यतीबेला देखि नै सिस्टम व्यवस्थापन रहेको उनको भनाई थियो ।

उनले संसद पुनस्र्थापना नहुने ठोकुवा गर्दै मुल पार्टी पनि ओली पक्ष नै रहने दाबी गरे ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  २ : १५ बजे

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर

ओलीबाट शपथ लिएसँगै वरिष्ठ नेता विद्या भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको पद