१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाखभन्दा बढी कोरोना संक्रमित थपिए, सात हजार ९७ जनाको मृत्यु



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टाभित्र पाँच लाख चारहजार ५५८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा कोरोनाका कारण विश्वमा सात हजार ९७ जनाको मृत्यु भएको छ ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ५४ लाख ८९ हजार १०४ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म १८ लाख ५० हजार २०९ जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख ९१ हजार ७४२ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक हजार ३८७ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप ५४ हजार ९९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण ४५४ जनाको मृत्यु भएको तथ्यांक छ । भारतमा १६ हजार ६६० कोरोनाका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा भारतमा २१५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा थप १७ हजार ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण २७६ जनाको मृत्यु भएको तथ्यांक छ । रूसमा पछिल्लो २४ घण्टामा २४ हजार १५० जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने ५०४ जनाको मृत्यु भएको छ ।

यस्तै, दक्षिण अफ्रिकामा ११ हजार ८५९, कोलम्बियामा नौ हजार ४१२, मेक्सिकोमा ६ हजार ३५९, इरानमा पाँच हजार ९६०, फ्रान्समा १२ हजार ४७९, जर्मनीमा सात हजार ५१३, इटलीमा १४ हजार २४५ तथा अर्जेन्टिनामा पाँच हजार ८८४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ०३ बजे

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’