२० बैशाख २०८३, आइतबार | May 4, 2026

प्रचण्ड पदका लोभी हुन्, माधवसँग केही दिनमै सम्बन्ध चुँडिन्छ : मन्त्री चौधरी



कैलाली । श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीले पुष्पकमल दाहाल प्रचण्ड अवसरवादी भएको आरोप लगाएका छन् ।

कैलालीको भजनीमा मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षद्वारा आयोजित नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले अब कहिल्यै प्रचण्डसँग जान नसकिने जिकिर गरे । चौधरी केही दिन अघिसम्म प्रचण्ड पक्षका सांसद थिए ।

लामो समय प्रचण्डलाई साथ दिए पनि उनमा अवसरवादी चरित्र रहेका कारण पद प्राप्तीका लागि जता पनि जान सक्ने देखिएका कारणल आफुरुले उनलाई छोडेको चौधरीले बताए ।

मन्त्री चौधरीले प्रचण्ड र माधव नेपाल पदका लोभी भएको दाबी गर्दै उनीहरु धेरै दिनसम्म एकै ठाउँमा बस्न नसक्ने समेत दाबी गरे । उनीहरु केही दिनमै अलग हुने उनको भनाइ थियो ।

मन्त्री चौधरीले एक वर्षभित्र सुकुम्बासी तथा मुक्त कमैयाहरूलाई पुनर्स्थपना गर्ने दाबी गरे । उनले नेपाल भर रहेका सुकुम्बासी र मक्त कमैया लगायतका अन्य गरिव परिवारका घरको छानो सरकारले फेरिदिने बताए ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ५ : २४ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता