२४ मंसिर २०८२, बुधबार | December 10, 2025

प्रचण्ड पदका लोभी हुन्, माधवसँग केही दिनमै सम्बन्ध चुँडिन्छ : मन्त्री चौधरी



कैलाली । श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीले पुष्पकमल दाहाल प्रचण्ड अवसरवादी भएको आरोप लगाएका छन् ।

कैलालीको भजनीमा मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षद्वारा आयोजित नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले अब कहिल्यै प्रचण्डसँग जान नसकिने जिकिर गरे । चौधरी केही दिन अघिसम्म प्रचण्ड पक्षका सांसद थिए ।

लामो समय प्रचण्डलाई साथ दिए पनि उनमा अवसरवादी चरित्र रहेका कारण पद प्राप्तीका लागि जता पनि जान सक्ने देखिएका कारणल आफुरुले उनलाई छोडेको चौधरीले बताए ।

मन्त्री चौधरीले प्रचण्ड र माधव नेपाल पदका लोभी भएको दाबी गर्दै उनीहरु धेरै दिनसम्म एकै ठाउँमा बस्न नसक्ने समेत दाबी गरे । उनीहरु केही दिनमै अलग हुने उनको भनाइ थियो ।

मन्त्री चौधरीले एक वर्षभित्र सुकुम्बासी तथा मुक्त कमैयाहरूलाई पुनर्स्थपना गर्ने दाबी गरे । उनले नेपाल भर रहेका सुकुम्बासी र मक्त कमैया लगायतका अन्य गरिव परिवारका घरको छानो सरकारले फेरिदिने बताए ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ५ : २४ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर