२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने ओली नेकपाको निर्णय



काठमाडौं । ओली पक्षीय नेकपाले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री बालुवाटारमा आज बसेको ओली पक्षको स्थायी कमिटी बैठकले अदालतले तोकेको समयसीमा भित्रै संसदको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको बताए । ज्ञवालीले भने संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि बोलाउनेबारे स्थायी कमिटीमा छलफल भएको जानकारी दिए । उनले दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङ भएको भन्दै उनीहरुले बोलाएको बैठक नै आधिकारिक हुने उनले बताए ।

बैठकले सर्वोच्चको फैसला अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएका कारण सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको हो । ज्ञवालीले पार्टी एकताका लागि आफुहरु लचिलो भएको बताए ।

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता ज्ञवालीले प्रधानमन्त्रीले देशलाई जे गर्दा सबैभन्दा उपयुक्त हुन्छ, त्यही गर्ने बताए । उनले भने, ‘हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ त्यो गर्नुहुन्छ, आवश्यक परामर्शपछि ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : १३ बजे

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित

रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

रोल्पा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको

कास्कीमा बाढीले दुई पुल बगायो, मन्दिरमा फसेका तीनजनाको उद्धार प्रयास जारी

कास्की । कास्कीमा गएराति आएको बाढीले कास्की र पर्वत जोड्ने

बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल