२ पुस २०८२, बुधबार | December 17, 2025

विश्वभर ६ लाख ६७ हजारभन्दा बढी संक्रमित थपिए, १३ हजारको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ६७ हजार २३६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १३ हजार चार जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ६८ लाख तीन हजार २८८ र मृत्यु हुनेको संख्या १८ लाख ७४ हजार ३०७ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख २१ हजार ८५१ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ४६१ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १७ हजार ९०८ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप २६५ जनाका कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५७ हजार ४४७, इटलीमा १५ हजार ३७८, ब्राजिलमा ५७ हजार ४४७, जर्मनीमा आठ हजार ७०, रसियामा २४ हजार २४६, फ्रान्समा २० हजार ४८९, कोलम्बियामा १६ हजार ८३५ तथा इरानमा ६ हजार ११३ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : ५३ बजे

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया