१० भदौ २०८३, बुधबार | August 26, 2026

विश्वभर ७ लाख ८७ हजारभन्दा बढी संक्रमित थपिए, १४ हजार १९० जनाको मृत्यु



काठमाडौं । विश्वभर गत २४ घण्टाभित्र सात लाख ८७ हजार २९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १४ हजार १९० जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ८४ लाख ४६ हजार २७२ र मृत्यु हुनेको संख्या १९ लाख पाँच हजार ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ४३ हजार ३२४ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ७१० जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १८ हजार १०४ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप २३४ जनाका कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५२ हजार ६१८, इटलीमा १८ हजार २०, ब्राजिलमा ८७ हजार १९४, जर्मनीमा २७ हजार ९८९, रसियामा २३ हजार ५४१, फ्रान्समा २१ हजार ७०३, कोलम्बियामा १७ हजार ५७६ तथा इरानमा ६ हजार ३६० जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : ५१ बजे

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन