३ चैत्र २०८२, मंगलबार | March 18, 2026

बुटवलको मिलनचोकमा आमाको भान्सा घरको शुभारम्भ



बुटवल । बुटवलमा अर्गानीक परिकारको आमा भान्साघर शुभारम्भ भएको छ ।

शुक्रबार एक समारोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसि, भान्साघरका आमा चन्द्रकला क्षेत्री, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, महासचिव माधव कुमार खनालले भान्साघरको औपचारिक उद्घाटन गरेका हुन ।

संघका अध्यक्ष जिसिले पर्यटन नगरी बुटवलमा सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट खुल्ने क्रममा रहेको भन्दै नया र फरक ढंगका भान्साघरको पहिचान हुने बताए ।

देशमा ६० हजारभन्दा बढीले संचालन गरेका मध्यम वर्गका लक्षित नीति बनाउन सरकार चुकेको उनले दाबी गरे । निक्कै लामो प्रयास पछि होटल ब्यवसायलाई मर्यादित पेशा बनाउने काममा आफुहरु लागेको उनले बताए । आन्तरिक घुमफिरका योजना बनाउने रुपमा विविध कार्यक्रम बनाउनतर्फ आफू लाग्ने प्रतिवद्घता समेत जनाए ।

भान्साघरका संचालक सुश्मा क्षेत्रीले महिलाहरु आर्थिक रुपमा पछि परेको बेला सेवा उद्योगका रुपमा भान्साघर शुरु गरेको बताईन । भान्साघरमा ७ जना महिलाहरुले रोजगार पाएको उनले बताईन ।

लामोसमय वैदेशिक रोजगार गरि फर्किएका संचालक सुरेश केसीले स्वरोजगार बन्न भान्साघर संचालन गरेको बताए । अहिलेसम्म भान्साघरमा ८० लाख खर्च भएको उनले बताए ।

 

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ३ : २३ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड