६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

बुटवलको ट्राफिक चौकमा एकाबिहानै डोजर चल्यो, सडक अतिक्रमण गरेका घरटहरा भत्काउन सुरु



बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत राजमार्ग चौराहा चिडियाखोला सम्मका सडक किनारका घरमा डिभिजन सडक कार्यालयले डोजर चलाएर भत्काउन सुरु गरिएको छ । २४ घण्टे सुचना जारी भएको समायावधी पुरा भए लगत्तै घरटहरा भत्काउन सुरु गरिएको हो ।

आज बिहानै देखि ठूलो संख्यामा प्रहरी परिचालन गरी बुटवलको ट्राफिक चोकबाट सडक मिचेर बनाएका घर टहर भत्काउन सूरु गरेको छ ।अतिक्रमित क्षेत्रको मध्यखण्ड बुटवलको टाफिक चोकमा रहेको दुर्गा मन्दिरको सटर र त्यस आसपासमा रहेका घरहरुमा डोजर चलाइएको छ ।

पटक पटक अदालतको आदेशले रोकिदै आएको उक्त सडकको बिस्तारका बिरुद्ध नारायणी देवि प्रधान लगायतका २४ जनाबाट परेको पछिल्लो रिट निवेदनमा यस अघि गत असार ९ गते दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्बोच्च अदालतले गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक बिस्तार गर्ने बाटो खुलेको थियो ।

सर्बोच्च अदालतका न्यायधिस सपना प्रधान मल्ल र डा। मनोज कुमार शर्माको संयुक्त ईजलासले उक्त आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो । अदालतको त्यो आदेश दिए संगै बुटवल बेलहिया ब्यापारीक मार्ग बिस्तार आयोजनाले सडक सिमा भित्रका घरटहर तथा त्यहा बनेका संंरचना भत्काउने २४ घण्टे अल्टिमेटम दिएको थियो ।

सडक सिमा मिचेर निर्माण गरिएका घर टहर हटाउन पटक पटक सुचना गर्दा पनि स्थानीयबासी नमानेपछि बाध्य भएर डोजर चलाउनु परेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । आयोजनाले सुचना जारी गरे संगै अधिकांस घरधनीहरुःले सनिवार दिनभर लगाएर घर टहरा भत्काएका थिए ।

अदालतको आदेश अनुसार निवेदकहरुका कागजात अध्यायन गर्दा १ सय ५६ जना निवेदक मध्ये १ सय ५० जनाको मुआब्जाका लागि प्रमाण नपुगेको र ६ जनाको हकमा थप कागजात हेर्नु पर्ने भएकोले १५ दिन भित्र आयोजनामा सम्पर्क राख्न सूचना जारी गरेको भएपनि उनीहरुले आफ्नो प्रमाण पेश गर्न नसकेपछि सर्बोच्च अदालत पुगेका थिए ।
उक्त सडक खण्डमा ३ सय १० घर र बाकि ४७ खाली जग्गा गरी ३ सय ५७ जनाले सडक सिमा मिचेकोमा २ सय जना भन्दा बढीले यस अघिनै घर भत्काई सडक खालि गरी दिएका छन ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : १२ बजे

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता