२७ मंसिर २०८२, शनिबार | December 13, 2025

खेलकूद शिक्षक, प्रशिक्षक र खेलाडीलाई सम्मान



बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकूद विकास समितिले शनिबार खेलकूद शिक्षक प्रशिक्षक र प्रशिक्षण तथा खेलाडीलाई सम्मान गरेको छ ।

कार्यक्रममा आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा बुटवल उपमहानगरपालिकाबाट सहभागी सबै खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले विद्यालय तहदेखि नै विद्यार्थीमा खेलकुद र अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउँदा त्यसले बालबालिकामा बहुआयामिक तथा सकारात्मक प्रभाव पार्ने बताइन् ।

सक्षम खेलाडी उत्पादनको स्रोत नै विद्यालय तह रहेकाले सोहीअनुरुपका खेलकुदका माध्यमबाट अनुसाशन, नैतिक शिक्षा र सभ्य नागरिक उत्पादन गर्नेतर्फ केन्द्रित हुन उनले आग्रह गरिन् । सम्मान हुने ३६ जना खेलाडी थिए ।

त्यस्तै बुटवल नगर खेलकुद विकास समितिमार्फत नगरका १९ वटै वडाका सामुदायिक र संस्थागत गरी २९ विद्यालयका खेल शिक्षकहरुलाई एकहप्ते विशेष प्रशिक्षक प्रशिक्षण पनि सम्पन्न भएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले आसन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गरेर विद्यालयका शिक्षकलाई खेलकुदका विभिन्न विधामा प्रशिक्षण दिइएको बताए ।

बुटवलका विभिन्न वडाका १५ वटा सामुदायिक र १४ वटा संस्थागत विद्यालयका खेल शिक्षकलाई विभिन्न विषयमा प्रशिक्षण दिनेगरी प्रशिक्षण सञ्चालन गरिएको खेलकुद विकास समितिका सदस्य तथा कार्यक्रम संयोजक प्रेम बस्नेतले बताए ।

खेलकुदको फिल्ड कस्तो बनाउने, कुन खेलकुदका लागि कसरी नियम बनाउने र सीप कसरी सिकाउने भन्ने विषयमा प्रशिक्षण दिन लागिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : ३३ बजे

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु