१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बाजुरामा ट्याक्टर दुर्घटना हुदा एक जनाकाे मृत्यु



बाजुरा । बाजुरा जिल्ला बडीमालिका नगरपालिका–९ चौराटी खेतमा सोमबार राति ट्याक्टर दुर्घटनामा हुदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका ४ छापुका ६० वर्षीय धन नाथ योगीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार सोमबार राति रित्ता ग्यासका सिलिण्डर बोकेर तिपाडा जादै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका नाथयागीको उपचारका क्रममा मृत्यु भएको बताए । ट्याक्टर दुर्घटना हुदा सडक भन्दा एक सय मिटर तल खसेको प्रहरी निरिक्षक ठगुन्नाले बताए ।

ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टरको नम्बर प्लेट समेत नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : ३४ बजे

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२