१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड-नेपाल पक्षीय नेकपाको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक आज दिउँसो बस्दैछ ।

जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयीय राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ । प्रचण्ड नेपाल पक्ष झण्डै १ महिनादेखि सरकार विरुद्ध आन्दोलनमा सडकमा रहेको छ ।

बैठकमा आन्दोलनका कार्यक्रमहरुबारे छलफल हुने बुझिएको छ । यससँगै देशभर भैरहेको कार्यकर्ता भेला, प्रशिक्षण लगायतका विषयमा समीक्षा गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल हुन सक्ने एक स्थायी कमिटी सदस्यले बताए । यद्यपी, स्थायी कमिटी सदस्यहरुलाई एजेण्डाबारे अहिलेसम्म केही बताइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेकै दिनदेखि नेकपामा प्रचण्ड–नेपाल र ओली पक्षको अलग अलग बैठक बस्न थालेको थियो ।

पुष ५ गते बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्दै अध्यक्ष् पदबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि दुवै नेकपा डिफयाक्टो विभाजन भएको छ । निर्वाचन आयोगले अहिलेसम्म पार्टीको वैधानिकता बारे निर्णय गर्न नसकेका कारण डिजुरे नेकपा भने कायमै रहेको छ ।

 

 

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  १२ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज