१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड-नेपाल नेकपाले काठमाडौं केन्द्रित आन्दोलन सशक्त बनाउने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  नेकपाको प्रचण्ड-माधव पक्षले संगठन विस्तारलाई सुदृढ बनाउँदै आन्दोलनलाई सशक्त बनाउने भएको छ ।

बिहीबारबाट सुरू भएको  स्थायी कमिटी बैठकले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।

नेकपाको कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी संगठनलाई सुदृढ बनाउने र प्रतिगमन विरूद्धको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो । बैठकले पार्टी एकीकरणका बाँकी कार्यभारलाई पनि छिट्टै पुरा गर्ने गरी योजना बनाउने भएको,छ ।

बैठकले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा आगामी आन्दोलन कसरी अघि बढाउने, संगठन ब्यबस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामको बारेमा छलफल गर्ने एजेन्डा रहेको बैठकपछि अध्यक्ष माधव नेपालले जानकारी दिए ।

अध्यक्ष नेपालले ओली पक्षले निर्वाचन आयोगलाई आफ्नो दावी सहित पत्र बुझाउनुको कुनै अर्थ नरहेको प्रतिक्रिया पनि दिएका छन् ।

बिहीबारको बैठकमा नेकपाका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए । बैठक भोलि शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ८ : २१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज