४ चैत्र २०८२, बुधबार | March 18, 2026

आजदेखि पिएम कप क्रिकेट प्रतियोगिता हुँदै, पहिलो खेलमा आर्मी र गण्डकी भिडदै



काठमाडौं । नेपाल क्रिकेट संघको आयोजनामा आजदेखि काठमाडौंमा प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको हुँदै छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण केही समय धकेलिएको प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

आजबाट हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोली आमने-सामने हुनेछन् ।

प्रतियोगिताको आयोजक क्रिकेट संघले सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश छन् । समूह ‘बी’ मा विभागीय टोली नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश समावेश छन् ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ७ : २८ बजे

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका