६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

भूकम्पलगायतका विपत्तिको पूर्वतयारीमा ध्यान दिन गृहमन्त्री थापाको सुझाव



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताएका छन् ।

शुक्रबार २३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भुकम्प स्मृति सभामा बोल्दै गृहमन्त्री थापाले आगामी दिनमा प्राकृतिक विपत्ति आकस्मिक रुपमा आउनसक्ने भएकाले ति विपत्तिको सामना गर्न पूर्व तयारी आवश्यक रहेको बताएका हुन् ।

थापाले सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको पनि बताए । २०७२ सालको भुकम्पको घाउ निको भइनसकेको भन्दै उहाँले पुननिर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए । यस वर्षमा बाढी पहिरोका कारण क्षति भएका घरहरुको पुननिर्माणको कामपनि अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले सुरक्षा निकाय बस्ने जीर्ण भवनहरु निर्माण गर्न चाहेको बताए । गृह मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिदैँ नगरप्रमुख शाक्यले अनुमति दिए सुरक्षा निकाय बस्ने जीर्ण भवन पुरानै स्वरुपमा काठमाडौँ महानगरपालिकाले बनाउने बताए ।

विपतको सामना गर्न काठमाडौँको नाकाहरुमा दमकलको व्यवस्था गर्न खरिद प्रक्रिया अगाडि बढाएको पनि मेयर शाक्यले बताए । अहिले काठमाडौँ महानगरपालिकाले भुकम्पपिडित घरधनीलाई नक्सा पासको दस्तुर मिनाह गरेको छ ।

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका काम शुरु गरेको बताए । जोखिमको जानकारी दिनको निम्ति पोर्टल निर्माण गरेको , भुकम्पको पूर्वतयारीको लागि स्वयंसेवक ब्युरो बनाउने लगायतका काम प्राधिकरणले गर्न लागेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले हरेक वर्ष माघ २ गते राष्ट्रिय भुकम्प स्मृतिमा सभा गर्दै आएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  २ : ४९ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस